• १९ असोज २०८१, शनिबार

धनकुटामा तीन घर जलेर नष्ट

blog

कविराज घिमिरे

हिले, असार २२ गते । धनकुटाको महालक्ष्मीमा गए राति भएको आगलागीमा परि ३ घर जलेर नष्ट भएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित राम बजारमा बिहान १ बजेतिर आगलागी सुरु भएको थियो ।

स्थानीय मोहन भण्डारीको दुई तले घरबाट सुरु भएको आगो छिमेकीहरू तेज बहादुर भुजेल र बद्री बर्देवाको घरमा समेत फैलिएको थियो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ। घटनाको कारण भने अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।