• १७ असार २०८१, सोमबार

कम्युनिस्टबिच पुनः एकता हुनैपर्छ : वामदेव गौतम

blog

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम । फाइल तस्बिर

काठमाडौं, असार १५ गते। नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्टबिच पुनः एकता हुनुपर्ने बताउनुभएको छ। 

शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कम्युनिस्ट पार्टीले एकता गर्छौँ भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने बताउनुभयो। उहाँले कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो। उहाँले  जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले आफूसँग नलिईकन समाजवाद स्थापना नसकिने बताउनुभयो।

उहाँले कम्युनिस्टको एकताको लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो।