• १७ असार २०८१, सोमबार

क्रान्तिकारी माओवादी कम्युनिस्ट एकताको पक्षमा छ : नेता गजुरेल

blog

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल

काठमाडौँ, असार १५ गते । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले आफ्नो कम्युनिस्ट पार्टीहरूबिच एकताको पक्षमा रहेको बताउनुभएको छ ।

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

नेता गजुरेलले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबिचको एकता अनिवार्य रहेको तर्क गर्नुभयो ।

नेपालका कम्युनिस्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उहाँले त्यसको पक्षमा कम्युनिस्ट पार्टीहरू उभिनुपर्ने बताउनुभयो । उहाँले कम्युनिस्टहरूले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताउनुभयो ।

‘‘नेपालका कम्युनिस्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको छ । सबै नेताहरूले यो कुरा बोली हाल्नुहुन्छ । ल हाम्रो पार्टी चाहिँ एकताको पक्षमा छ । सकेसम्म पार्टी एकतानै गर्ने, नभए पनि मोर्चा गर्ने । केही न केही त गरेरै छाडछौं भनी हाल्नुहुन्छ उहाँहरू । अहिलेको एउटा आवश्यकता के हो भने एउटा मजबुत क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्नु अहिलेको इतिहासको आवश्यकता हो । नेपालमा अहिले जुन व्यवस्था आएको छ ।,’’ नेता गजुरेलले भन्नुभयो, ‘‘लोकतान्त्रिक गणतन्त्र जुन आएको छ । त्यो हामीले मागेको हो कि परिस्थितिको उपज हो ? के त्यतिखेरको माओवादीले यही लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि जनयुद्ध गरेको हो त ? त्यो त होइन । एउटा त कम्युनिस्ट आन्दोलन कमजोर भएको छ । त्यसलाई बलियो बनाउनु परेको छ । दोस्रो अहिलेको आन्दोलनमा ठुलो भ्रम पैदा भएको छ । जनतामा भ्रम दिने दुई वटा विषय छन् । एउटा गणतन्त्र, अर्को समाजवाद । अब सबै पार्टीहरू के भन्छन् भने समाजवादको लागि अगाडि बढ्ने हो । अर्को सबैले गणतन्त्र भन्छन् । यो लोकप्रिय भएको छ  । हाम्रो पार्टी असाध्यै कम्युनिस्ट एकताको पक्षमा छ ।’’

नेता गजुरेलले लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्धको पनि लक्ष्य नभएको बताउनुभयो ।