• १६ असार २०८१, आइतबार

अस्ट्रिया र जर्मनीमा अशोक निर्णायक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १४ गते । अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले युरोपमा हुने दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुने भएको छ ।

अशोकले सुरुमा अस्ट्रियाको भियनामा जुन २९ र ३० तारिखमा हुने वल्ड र्‍याङकिङ जि–वान अस्ट्रियन ओपन पुम्से तेक्वान्दो प्रतियोगितामा निर्णायक रहनु हुनेछ । त्यसपछि उहाँ जर्मनीमा जुलाइ ६ तारिखमा हुने डीटीयु बोडेन्सी कपमा निर्णायकको भूमिकामा रहनुहुनेछ । अशोक ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ ।