ललितपुर, वैशाख १३ गते । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिनुभएको अभिव्यक्ति खेद व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 
‘देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ । तर नेकपा एमालेका अध्यक्षको मुखबाट नेपाली कांग्रेस र हामीले सार्वजनिक गरेको घोषणापत्रप्रति निकै तल्लो स्तरको अभिव्यक्ति दिनुभएको छ’, डा. महतले भन्नुभयो, ‘सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।’
नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा.महतले एमालेले आचार संहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण  गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गर्नुभयो ।
एमालेका अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसको सङ्कल्प पत्रलाई बकवास भन्दै टिप्पणी गर्नुभएको थियो । डा. महतले कार्यक्रममा कृष्ण रेउले र प्रीति आलेको स्वर रहेको “कांग्रेस नै चाहियो” भन्ने बोलको चुनावी गीतिको भिडियोसमेत सार्वजनिक गर्नुभएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                