शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                स्मृति मिश्र 
धनुषा, वैशाख १३ गते। जनकपुर उपमहानगरपालीका उपप्रमुखको रुपमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले उम्मेदवारी दिनुभएको छ। ठाकुर मनोनयन दर्ता गराउने बेला निकै भावुक हुनुभयो। २८ वर्षदेखि राजनीतिमा सक्रिय उहाँ यसपटक पार्टी बदलेर उम्मेदवार बन्नुभएको हो। यो लामो प्रतिक्षापछि प्राप्त खुशीले उहाँलाई भावुक बनाएको हो।
२०५१ सालमा सद्भावना पार्टीको सदस्यबाट ठाकुरले राजनीति सुरुवात गर्नुभयो। लामो समयदेखि पार्टीमा काम गरे पनि आफ्नो भूमिकाबारे मूल्यांकन नभएको उहाँको गुनासो थियो। 
ठाकुर आइतबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गर्नुभएको हो। उपमेयरको टिकट पाएर उहाँ खुसी हुनुहुन्छ। 
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                