• १९ असार २०८१, बुधबार

लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु

blog

रेखीराम राना

तानसेन, जेठ २४ गते । पाल्पामा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा –८ कन्चनखोलास्थित सालझण्डी ढोरपाटन सडक खण्डमा लोडर दुर्घटना हुँदा सहचालक कमल चौधरीको मृत्यु भएको हो ।

बर्दिया जिल्ला बागडारी गाउँपालिका –६, का २६ वर्षीय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बरको लोडर सडकदेखि तल खसेको थियो । लोडर खसेपछि गम्भीर घाइते चौधरीको बुटवलस्थित चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

दुर्घटनामा परी लोडर चालक कैलाली जिल्ला घोडाघोडी गाउँपालिका –२, का ३० वर्षीय समीर चौधरी घाइते हुनुभएको छ । लोडर सडकदेखि २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।