• १२ साउन २०८१, शनिबार

जुम्लामा नाट्य कार्यशाला

blog

काठमाडौँ, जेठ २४ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जुम्लामा ध्वनि, प्रकाश र निर्देशन र अभिनयसम्बन्धी १५ दिने कार्यशाला सम्पन्न भएको छ । जुम्लाको कसंम नाटकघरमा वैशाख २१ देखि जेठ ४ गतेसम्म आयोजित प्रशिक्षण कार्यशालामा विभिन्न जिल्लाका २२ जना प्रशिक्षार्थी सहभागी भएका थिए । 

कार्यशालामा ध्वनि, प्रकाश र निर्देशन र अभिनयसम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक ढाँचामा प्रशिक्षण सञ्चालन गरिएको थियो । भानुभक्त उपाध्याय र सुनील पोखरेलले सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यशाला समापनमा प्रशिक्षार्थीले नाटक मञ्चनसमेत गरेका थिए । समापन कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले रङ्ग क्षेत्रमा अघि बढ्न चाहनेलाई उत्प्रेरित र नाटकका सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्राप्त होस् भन्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

उहाँले कार्यशालामा सिकेको सिप र ज्ञानलाई प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । रङ्गकर्मी सुनील पोखरेलले नेपाली नाटकको संरक्षण र विकास गर्न देशका सबै क्षेत्रबाट युवा सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।