• ७ वैशाख २०८१, शुक्रबार

एलन मस्कद्वारा ४४ बिलियन डलरमा ट्विटर खरिद

blog

काठमाडौं । बैशाख १३ गते । अमेरिकी धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर ४४ बिलियन अमेरिकी डलरमा खरिद गर्नुभएको छ । विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्विटर मस्कले खरिद गर्नुभएको बीबीसी नेपाली सेवाको समाचारमा उल्लेख छ ।

मस्कले ट्विटरको सबै शेयर प्रति कित्ता ५४ दशमलव २० डलरका दरले किन्नुभएको हो । उहाँले केही दिनअघि ट्विटरको नौ प्रतिशत शेयर खरिद गर्नुभएको थियो । खरिद–बिक्री सम्झौतापछि ट्विटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले ट्विटरको सबै सेयर होल्डर्सलाई नगदमा आकर्षक प्रिमियम प्राप्त हुने र जसबाट शेयरधनीलाई फाइदा हुने बताउनुभएको छ । 

ट्विटर खरिद गरेपछि नयाँ मालिक मस्कले ट्विटरमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताउनुभयो । उहाँले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको भन्दै ट्विटरमा मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुने बताउनुभएको बीबीसी नेपाली सेवाले जनाएको छ ।