• १२ साउन २०८१, शनिबार

एकसय २६ ले लिनुभयो निःशुल्क स्वास्थ्य परीक्षण

blog

स्वास्थ्य परीक्षण गराउँदै स्थानीय नागरिक ।

बिन्दु थापा 

पाल्पा, जेठ २० गते । तानसेन नगरपालिका–४ को आयोजनामा भएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १२६ जनाले सेवा लिएका छन् । 

तानसेन नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा भएको स्वास्थ्य शिविरमा १२६  जनाले सेवा लिएका हुन् । स्वास्थ्य शिविरमा पाठेघर, सुगर प्रेसरको स्वास्थ्य परीक्षण गरिएको छ । 

पिसाबको थैली दिसाको थैली झरेको महिलामा समस्या देखिएको सिनियर एनम भगवती केसीले जानकारी दिनुभयो । केसीले परीक्षण गरिएकामध्ये एक जनालाई पाठेघर क्यान्सर हुने लक्षण देखिएपछि पाल्पा अस्पतालमा रिफर गरिएको छ । 

शारीरिक व्यायामबाट पनि उपचार हुने भएकाले शारीरिक व्यायाम गर्ने तरिका सिकाइएको बताउनुभयो । पाठेघरसम्बन्धी प्रत्येक बुधबार पाल्पा अस्पतालमा निःशुल्क उपचार गरिन्छ । वडा कार्यालयमै राखिएको कार्यक्रममा ८ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका छन् । 

वडावासीलाई एकीकृत रूपमा घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको वडा अध्यक्ष हेमन्तराज शाक्यले बताउनुभयो । शाक्यले स्वास्थ्य र शिक्षाको अवस्था सुधारका लागि योजनाबद्ध काम गरिरहेको जानकारी दिँदै वडामा आयोजना हुने स्वास्थ्य शिविरले वडावासीलाई राहत पुग्ने बताउनुभयो ।