• १२ साउन २०८१, शनिबार

मैनालीको ‘म’ सार्वजनिक

blog

काठमाडौँ, जेठ १९ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको आत्मवृत्तान्त ‘म’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शक्रबार आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली र पूर्वकुलपति रागिनी उपाध्यायले संयुक्त रूपमा कृतिको सार्वजनिक गर्नुभएको हो । 

नेपाल कमर्सियल आर्टिस्ट एसोसिएसन अफ नेपाल (क्यान) द्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति हार्तम्छालीले नेपाली मूर्तिकलाको क्षेत्रमा ठाकुरप्रसाद मैनालीले पु¥याउनुभएको योगदानको चर्चा गर्दै आत्मवृत्तान्तको प्रकाशनले नेपाली साहित्यको क्षेत्रमा समेत योगदान पुगेको बताउनुभयो । प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्यायले कला क्षेत्रमा मैनालीले पु¥याउनु भएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।  

सर्वनामवाची ‘म’ शब्दलाई अङ्गीकार गरेर यो आत्मवृत्तान्तको शीर्षक राखिएको छ । कृति ‘म’ ले नेपाली राजनीतिको चारै कलालाई समेटेको छ । मैनालीले संस्मरणात्मक शैलीबाट यो कृतिमा आफ्ना भोगाइ, अनुभवलाई प्रस्तुत गर्नुभएको छ । पुस्तकको विषयवस्तुलाई सहज, सरल र बोधगम्य गराउन लेखक कतै चुक्नुभएको छैन । पुस्तकमा उहाँले भोगेका विशिष्ट व्यक्ति, वैयक्तिक अनुभव, आफूले सम्पादन गरेका विभिन्न सांस्कृतिक र सामाजिक कार्य पनि समेटिएको छ ।