प्रकाशविक्रम शाह
धनगढी, वैशाख १२ गते । सत्तारुढ गठबन्धनको तर्फबाट धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले सोमबार उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँ निर्वतमान नगर प्रमुख पनि हुनुहुन्छ।
यस्तै गठबन्धनका तर्फबाटै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)की नेतृ शान्ति अधिकारीले उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँ ०७४ को चुनावमा उपप्रमुखमै पराजित हुनुभएको थियो। वड र अधिकारीलाई नेकपा (एकीकृत समाजवादी)को समेत समर्थन रहेको छ।
यसअघि नेकपा (एमाले) का नेता रणबहादुर चन्दले नगर प्रमुख र कन्दकला राना उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको थियो। 
चन्द एमालको केन्द्रीय निर्वाचन विभागका सदस्य हुनुहुन्छ। यसअघि उहाँ एमालेको कैलाली जिल्ला सचिव र उपाध्यक्षसमेत भइसक्नु भएको छ। सत्ता गठबन्धन र एमालेका उम्मेदवार जुलुससहित उम्मेदवारी दर्ता गर्न गएका थिए। 
दुईवटै पक्षले १९ वडाका अध्यक्ष र सदस्यमासमेत उम्मेदवारी दर्ता गराएका थिए। सत्तारुढ गठबन्धनमा वडा तहसम्मको तालमेल मिलिसकेको छैन।

अहिले वडामा गठबन्धनका दलले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता गराउने प्रयास हुने नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव दीर्घ जोशीले बताउनुभयो।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                