• १३ साउन २०८१, आइतबार

विराटनगर महानगरपालिका

गठबन्धनबाट विराटनगर प्रमुखमा कोइराला, उपप्रमुखमा यादवको मनोनयन दर्ता

blog

धीरज दाहाल

विराटनगर, वैशाख १२ गते । स्थानीय तहको निर्वाचनका लागि मनोनयनको दोस्रो तथा अन्तिम दिन विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नागेश कोइरालाले प्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । 

उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यसैगरी जनता समाजवादी पार्टीका तर्फबाट अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनका तर्फबाट प्रमुखमा कोइराला र यादवको नाम तय भएको थियो ।  

आसन्न स्थानीयतहको निर्वाचनका लागी नेपाली काँग्रेसलाई प्रमुख पदका लागि उम्मेदवार छान्न सकस भएको थियो । लामो समयको रस्साकसीपछि कोइरालाले मेयर पदका लागि टिकट पाउनुभएको हो । 

गठबन्धनबाट उपप्रमुखको उम्मेदवारी दर्ता गराउनुभएका यादव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा हुनुहुन्छ । 

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको जनाएको छ ।