• ११ मंसिर २०८१, मङ्गलबार

बारपाक सुलीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषण

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ १७ गते ।
गोरखाको ११ पालिकामध्ये केहि पालिकाहरुले पूर्ण खोप सुनिश्चित एवम् दिगोपना गाउँपालिका घोषण गरी सकेका छन् । त्यसैगरी बुधबार बारपाक सुलीकोट गाउँपालिकाले बारपाक सुलीकोट गाउँपालिकाले खोप लगाउनु पर्ने एक जना बालबालिका नभेटिएकाले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषण गरिएको गाउँपालिका स्वास्थ्य शाखा अधिकृत कृष्ण भट्टले जानकारी दिनुभयो । 

गाउँपालिकाको स्वास्थ्य शाखाले हरेक वर्ष सबै वडाहरुमा पूर्ण खोप सुनिश्चित भए नभएको अनुगमन गरेर मात्र पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषण गर्ने गरेको स्वास्थ्य शाखा अधिकृत भट्टको भनाइ छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले प्रत्योक वर्षको तीन महिना माघ, फागुन र चैत महिनामा पालिकाले आफ्नो पालिका भित्र खोप लगाउन छुटेका बालबालिकाहरुको खोजी कार्य गर्ने र कोहि छुटेको भए खोप लगाइदिने गरेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षमा बनेको जिल्ला खोप समन्वय समितिले पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित एवम् दिगोपन पालिका घोषण गर्ने छ । खोप समन्वय समितिले हरेक वर्ष पालिकाहरु भित्र १६ देख २३ महिनासम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खाले खोप लगाए नलाएको अनुगमन गरेर पालिकाहरुलाई पुर्ण खोप सुनिश्चिता पालिका घोषण गर्ने गरिएको छ ।