• १२ साउन २०८१, शनिबार

नेपाल–भारतबिच प्राज्ञिक सहकार्य

blog

काठमाडौँ, जेठ १७ गते । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले विश्वविद्यालयमा अनुसन्धान संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाल–भारतका विश्वविद्यालय र त्यहाँका अध्येताबिचको सहकार्य र प्राज्ञिक गतिविधि प्रशंसनीय रहेको चर्चा गर्नुभयो । काठमाडौँमा बुधबार आयोजित ‘शैक्षिक विषयमा सोधको अवधारणा राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ’ सम्बन्धी गोष्ठीमा सहभागीले संवादका माध्यमबाट दुवै देशको प्राज्ञिक उन्नयन गर्न सकिने बताउनुभयो । 

विश्वविद्यालय अनुसन्धान आयोगका अनुसन्धान निर्देशक लालप्रसाद अम्गाईंले खोज अनुसन्धान गर्नुपर्ने अवस्थामा नेपाल र भारतका विश्वविद्यालयसँग सहकार्य गर्नुपर्ने बताउनुभयो । संस्कृति विश्वविद्यालयका रजिस्ट्रार माधवप्रसाद अधिकारीले एक देशको खोज अनुसन्धानले अर्को देशलाई सहयोग पुग्ने बताउनुभयो । 

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावासका निर्देशक डा. आशावरी बापतले एक देशको भाषाले अर्को देशको अनुभव आदानप्रदान गर्न र धेरै विषयमा सिक्ने अवसर मिल्ने बताउनुभयो । हिन्दी शोधार्थी सङ्घका सचिव कृष्णकुमार कनकले भारत वर्ष ज्ञानको भण्डार भएको चर्चा गर्नुभयो ।