• १३ मंसिर २०८१, बिहिबार

पहिरोले भारतीय गाडीमा क्षति

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १६ गते । बेनी जोमसोम सडक अन्तर्गतको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइँठेभीरमा खसेको पहिरोले मुस्ताङ बेनी तर्फ फर्कँदै गरेको भारतीय तीर्थयात्री बोकेर आउँदै गरेको गाडीमा क्षति पुगेको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले सवारीसाधनमा क्षति पुगे पनि यात्रु सकुशल रहेको अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । ‘पहिरो खस्न लागेपछि यात्रुहरू निस्किएर जोगिए पनि गाडीमा क्षति पुगेको उहाँको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले गए रातीको वर्षासँगै आएको पहिरोले गर्दा गाडी लेदोमा फसेको र त्यही पहिरोले गाडीमा पनि क्षति पु र्‍याएको भए पनि मानवीय क्षति  नभएको जानकारी गराउनुभयो । 

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्रै विश्वासिलो मार्ग अन्तरगतको बेनी जोमसोम कोरला सडक आयोजना अन्तरगत अन्नपूर्ण गाउँपालिकाको जलथल क्षेत्र, गुइँठेभीर, सुकेबगर, खामभिता, दाना, लेतेखोला, रुप्सेखोला र काभ्रेभीर क्षेत्रका खण्ड बाढी पहिरोले पटकपटक सताउने गरेको छ ।

गुइँठेभीरमा सामान्य वर्षा हुँदा भीरबाट पहिरो खस्ने भएकाले सतर्कता अपनाउनुपर्ने स्थानीयबासीको भनाइ छ । मुस्ताङको थासाङ गाउँपालिकादेखि म्यादीको गलेश्वरसम्म भूबनोट पानी परिरहने, पहिरो जाने, जमिन भासिने जस्ता समस्याले सडक विस्तारमा समेत निकै समस्या हुने गरेको छ ।