• १२ साउन २०८१, शनिबार

जेरियाटिक वार्ड सञ्चालन गर्न सङ्घीय अस्पताललाई दुई अर्ब रकम विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले सङ्घीय अस्पतालमा जेरियाटिक वार्ड सञ्चालन गर्न दुई अर्ब रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

सरकारले सङ्घीय अस्पतालमा जेरियाटिक वार्ड सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा सञ्चालन गर्न क्यान्सर मेरुदण्ड पक्षघातको उपचार गर्न, मिर्गौला प्रत्यारोपण गर्न, डायलिसिसको लागि औषधी उपचार खर्च उपलब्ध गराउन सरकारले दुई अर्ब विनियोजन गरेको उहाँले बताउनुभयो ।