• १२ साउन २०८१, शनिबार

शिशु मृत्युदर २१ मा झर्‍यो

blog

काठमाडौँ ,जेठ १५ गते । अर्थमन्त्री वर्षमान पुनले शिशु मृत्युदर २१ मा झरेको बताउनुभएको छ । सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले २०६४ मा शिशु मृत्युमा एक हजार जीवित जन्ममा ९८ बाट २१ मा झरेको जानकारी दिनुभयो । त्यसैगरी, पाँच वर्ष मुनीका बालबालिका प्रति हजार बच्चामा ६१ बाट ३३ मा झरेको बताउनुभयो । मातृ मृत्यु दर प्रति लाखमा २८१ बाट झरेर १५१ मा पुगेको उहाँले जिकिर गर्नुभयो ।