• १२ साउन २०८१, शनिबार

बालबालिकाले देखाए नाटक

blog

काठमाडौँ, जेठ १५ गते । रातदिनको पिताको कचकचले घर छोडेर हिँडेकी छोरी केही वर्षपछि घर फर्किन्छिन् । घर फर्कंदा पिताको देहान्त भइसकेको हुन्छ । तिमी किन आयौ फेरि ? हामीलाई छोडेर गएकी थियौ नि होइन ? भन्दै आमाले प्रश्न गर्दा छोरीले पिताको व्यवहारले बस्न नसकी घर छोडेको जवाफ छोरीले दिन्छिन् । अन्त्यमा आमाले भन्छिन्, “त्यस्तो अत्याचारलाई अब छोरीले सहने होइन, विद्रोह गर्न पनि सक्नु पर्छ ।” त्यसपछि नाटक ‘विगतको छाया’ को पर्दा बन्द हुन्छ । 

सर्वनाम थिएटरमा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीले सोमबार ‘विगतको छाया’  मञ्चन गरेका छन् । ‘हिंसा समाजको विकृति हो, त्यसको विद्रोह गरौँ’ भन्ने सन्देश नाटकले दिएको छ । सर्वनाम थिएटर र गणेशमान फाउन्डेसनको सहकार्यमा कलाशालाले कुलेश्वर मावि र महेन्द्र राष्ट्रिय माविका विद्यार्थीलाई अभिनयको प्रशिक्षण दिएको थियो । सोही प्रशिक्षमा प्रशिक्षित विद्यार्थीले सोमबार सर्वनाम थिएटरमा नाटक मञ्चन गरेका हुन् । नाटकको निर्देशन रसिक राजले गर्नुभएको थियो । त्यस्तै महेन्द्र राष्ट्रिय माविका विद्यार्थीले मनिष अर्यालको निर्देशनमा ‘म्याट्रिक्स’ मञ्चन गरेका छन् । धर्ती, हरियालीलगायत पर्यावरण जोगाए मात्र मानिसको अस्तित्वको रक्षा हुने सन्देश सो नाटकले दिएको छ ।