• ३ असार २०८१, सोमबार

डुकेन्द्रका लागि जुट्यो दस लाख

blog

राजकुमार भट्टराई

खोटाङ, जेठ १४ गते  ।  शरीर कक्य्राककुक्रुक भएर डल्लो परेपछि कष्टपूर्ण जीवन बिताइरहेका डुकेन्द्र श्रेष्ठको उपचारका लागि १० लाख रुपियाँभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे तल्लो माबेका २८ वर्षीय डुकेन्द्र श्रेष्ठ १७ वर्षदेखि कष्टपूर्ण जीवन बिताउँदै आउनुभएको छ । उहाँका बारेमा केही समयअघि गोरखापत्र दैनिकमा समाचार छापिएको थियो । समाचारपछि उहाँको उपचारका लागि हालसम्म १० लाख ३५ हजार ७४८ रुपियाँ सङ्कलन भएको परिवार स्रोतले जानकारी दिएको छ ।  डुकेन्द्रका दुवै खुट्टा कव्रmक्क खुम्चिनुका साथै मुन्टो नै उठाउन नसक्ने अवस्थामा हुनुहुन्छ । उपचारका लागि गत फागुन ३ गतेदेखि आर्थिक सङ्कलन अभियान थालिएको थियो । 

उहाँको उपचारका लागि हाल कतारमा रहेका दिलीप श्रेष्ठले ‘डुकेन्द्र श्रेष्ठ बचाऊ अभियान’ सुरु गर्नुभएको थियो । कमजोर आर्थिक अवस्थाका डुकेन्द्रको उपचारका लागि सहयोग जुटाउने अभियान उठाउने क्रम अझै जारी छ । सहयोग रकम आफन्त पेशलमान श्रेष्ठको नाममा लक्ष्मी सनराइज बैङ्कमा खोलिएको खाता नम्बर ०९४०५३८२०३२०५००१ मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।