• ३ असार २०८१, सोमबार

अस्ट्रेलियाली मन्त्रीद्वारा इजरायललाई आइसीजेको फैसलाको पालना गर्न आग्रह

blog

क्यानबेरा, जेठ १२ गते । अस्ट्रेलिया सरकारका एक वरिष्ठ मन्त्रीले इजरायललाई दक्षिणी गाजामा सैन्य आक्रमण रोक्न अन्तर्राष्ट्रिय अदालत (आइसीजे)को आदेशको पालना गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत आइसीजेले शुक्रबार इजरायललाई दक्षिणी गाजा सहर रफाहमा सैन्य आक्रमण तुरुन्तै रोकी इजिप्ट र गाजाबिचको रफाह क्रसिङ खोल्न आदेश दिएको छ ।

यसको जवाफमा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री तथा प्रधानमन्त्री एन्थोनी अल्बनिजको मन्त्रीमण्डलका सदस्य क्रिस बोवेनले सङ्घीय सरकारले उक्त फैसलालाई समर्थन गरेको बताउनुभएको छ ।

उहाँले रफाहको स्थितिलाई मानवीय प्रकोपको रूपमा वर्णन गर्दै त्यहाँ अझ खराब हुने सम्भावना व्यक्त गर्नुभयो । रफाहमाथि आक्रमण नगर्न स्थिर रहेको बोवेनले शनिबार पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्नेमा विश्वास गर्ने बताउदै अष्ट्रेलियाको बाध्यकारी निर्णयको पालना गरी इजरायलले राफाहलाई आक्रमणलाई रोक्नुपर्ने उहाँले बताउनुभयो ।

आइसीजेको आदेशलाई १५ अन्तर्राष्ट्रिय न्यायाधीशको प्यानलले  १३/२ मतमा पारित गरेको थियो । इजरायल र युगान्डाका न्यायाधीशले यस निर्णयको विरोध गरेका थिए । रासस/सिन्ह्वा