• १२ असार २०८१, बुधबार

प्रथम एसियन तेक्वान्दो प्रतियोगिताको तयारी पूरा

blog

पत्रकार सम्मेलनमा सहभागी ।

काठमाडौँ, जेठ १० गते। अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घले प्रथम सिएचआईटीएफ एसियन तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ।

बिहीबार महासङ्घले दशरथ रङ्गशालामा पत्रकार सम्मेलन गर्दै प्रथम सिएचआईटीएफ एसियन तेक्वान्दो प्रतियोगिता जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरको कराँते महासङ्घ एकेडेमी, सातदोबाटोमा गर्ने भएको हो।

प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने र समापन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले गर्ने भएका छन्।

नेपाल सीएचआईटीएफ तेक्वान्दो विभिन्न गतिविधि अन्तर्गत परिवर्तन, विकास र समृद्धि ल्याउनका लागि सङ्घको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरिरहेको अवस्था तेक्वान्दो खेलको विकास र विस्तार गरी युवा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्यले प्रतियोगिताको आयोजना गर्न लागेको सङ्घले जनाएको छ ।

महासङ्घका अनुसार तेक्वान्दो प्रतियोगितामा नेपाल, मलेसिया, बङ्गलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलङ्का, सिंगापुरका करिब दुई हजार ५ सय खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा एकल स्पाइरिङ, एकल काँटा र समूह काँटा तीन समूहमा प्रतिस्पर्धा गरिने आयोजक नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका अध्यक्ष कुलबहादुर बुढामगरले जानकारी दिनुभयो ।

विजेता खेलाडीले ८५ स्वर्ण पदक, ८५ रजत पद र ११६ कांस्य पदक प्राप्त गर्नेछन्।साथै विजेता प्रथम, द्वितीय र तृतीय टिमले ट्रफी हात पार्ने महासङ्घका महासचिव रमेश विश्वकर्माले जानकारी दिए।

भोलिदेखि हुने खेलका लागि विभिन्न राष्ट्रबाट खेलाडीहरू नेपाल आइसकेको आयोजक अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घले जनाएको छ।