• २ असार २०८१, आइतबार

६० महिला खेलाडीलाई क्रिकेट प्रशिक्षण

blog

प्रशिक्षणमा सहभागि खेलाडी ।

अर्जुन काफ्ले

स्याङ्जा, जेठ ९ गते । खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत स्याङ्जाको पुतलीबजारमा महिला क्रिकेट प्रशिक्षण कार्यक्रम गरिएको छ । 

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको व्यवस्थापनमा १० दिने प्रशिक्षण गरिएको हो । गण्डकीमा महिला खेलाडीको प्रभाव रहेको स्याङ्जामा महिला खेलाडी प्रदेशमै उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण गरिएको हो । 

राष्ट्रिय यु–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत् बहादुर टमटा र गण्डकीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक रिजन प्रजु प्रशिक्षण दिनु भएको प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । 

उहाँ प्रशिक्षणले युवा महिला क्रिकेट खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले आगामी वर्षमा समेत यस प्रकारका प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । 

गत वैशाख २९ गतेबाट सञ्चालित उक्त प्रशिक्षणमा छ जिल्लाका गरी ६० जनाले सहभागिता जनाएको सहभागिता रहेको थियो ।