• २१ जेठ २०८१, सोमबार

क्यालेडोनियाबाट थप अस्ट्रेलियाली स्वदेश फर्काइँदै

blog

क्यानबेरा, जेठ ९ गते । बुधबार न्यू क्यालेडोनियाबाट थप अस्ट्रेलियालीहरूलाई स्वदेश फर्काउने सङ्घीय सरकारले बुधबार पुष्टि गरेको छ ।

नागरिक अशान्तिको बिचमा मे महिनाको सुरुमा उडानहरू रद्द हुँदा न्यू क्यालेडोनियामा फसेका लगभग एक सय जना अस्ट्रेलियालीलाई नौमियाबाट ब्रिसबेनका लागि फ्रान्सेली उडानमार्फत फिर्ता गरिने प्यासिफिक मन्त्री प्याट कनरायले बताउनुभयो ।

सङ्घीय सरकारले दक्षिण प्रशान्त महासागरमा फ्रान्सेली क्षेत्रबाट नागरिकहरू स्वदेश फर्काउने अनुमति प्राप्त गरेपछि मङ्गलबार राती रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएएफ) को दुईवटा उडानमा ८४ जना अस्ट्रेलियाली नागरिक स्वदेश पुगेका छन् ।

न्यू क्यालेडोनियामा रहेका लगभग तीन सय अस्ट्रेलियालीले स्वदेश फिर्ताका लागि विदेश मामिला तथा व्यापार विभागमा निवेदन दर्ता गरेका थिए । पहिलो उडानबाट करिब दुई सयभन्दा बढी स्वदेश फर्कने प्रतीक्षामा छन् । रासस/सिन्ह्वा