• १२ साउन २०८१, शनिबार

छायाङ्कनमा ‘१२ गाउँ’

blog

ललितपुर, जेठ ८ गते । अभिनेता विराज भट्टले छोरा समीर भट्टलाई मुख्य भूमिकामा राखेर चलचित्र ‘१२ गाउँ’ को निर्माण थाल्नुभएको छ । सो चलचित्रको सोमबार ललितपुरको हात्तीवनमा शुभमुहूर्त गरिएको छ । सो चलचित्रको निर्माता, निर्देशक विराज भट्ट हुनुहुन्छ । चलचित्रको शुभमुहूर्तमा समीर भट्ट, सनिशा भट्टराई, न्यान्सी खड्का, कनिज कोइरालालगायत उपस्थित हुनुहुन्थ्यो । म्युजिक भिडियोमा रुचाइएकी मोडल सनिशा भट्टराईले ‘१२ गाउँ’ बाट चलचित्रमा प्रवेश गर्नुभएको छ ।

मिस नेपाल इन्टरनेसनल–२०२२ न्यान्सी खड्काले पनि यही चलचित्रबाट फिल्मी जीवन थाल्नुभएको छ । दक्षिण भारतीय चलचित्रमा अभिनय गरिसक्नुभएका कनिज कोइरालाले चलचित्रमा मुख्य भूमिकामै काम गर्नुहुने छ ।

काठमाडौँ, वीरगन्ज, हेटौँडालगायत स्थानमा छायाङ्कन गरिने चलचित्रमा महेश पौडेलको छायाङ्कन, सन्तोष सरकारको कथा एवं पटकथा, सिल्भा मास्टरको द्वन्द्ध निर्देशन रहने जनाइएको छ ।