• १२ मंसिर २०८१, बुधबार

आरोपकै आधारमा दोषी ठहर हुँदैन: महासचिव

blog

पत्रकारमा सम्मेलनमा बोल्नु हुँदै नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेल । तस्बिर: गोरखापत्र

गोकर्ण पौडेल
तुलसीपुर जेठ ६ गते । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले आरोपकै आधारमा कोही दोषी ठहर नहुने बताउनुभएको छ । प्रेस चौतारी दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले संसदमा बोल्न पाउने अधिकारलाई कसैले कुण्ठित गर्न नहुने बताउनुभयो ।
महासचिव पोख्रेलले सहकारीमा देखिएका समस्याहरूको समाधान गर्दै बचतकर्ताहरूको बचत सुरक्षित गर्नु राज्यको दायित्व भएको बताउनुभयो । फरक प्रसङ्गमा महासचिव पोख्रेलले पुरानो टरिगाँउ धावनमार्ग विस्तारका लागि प्राविधिक रिपोर्ट सकारात्मक आएकाले आर्थिक वर्ष २०८१र८२ को बजेट सुनिश्चित हुने विश्वास रहेको बताउनुभयो । उहाँले  सरकार सत्ता साझेदार दलहरूबिच न्यूनतम साझा कार्यक्रमका आधारमा अघि बढ्ने बताउनुभयो ।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले  आर्थिक अवस्थामा सुधारका सङ्केत देखापरेको बताउँदै लगानीको वातावरण सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।