• १२ साउन २०८१, शनिबार

सप्तरीमा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

blog

दुर्घटनास्थल ।

देवरामप्रसाद यादव

सप्तरी जेठ ४ गते।  सप्तरीको खडक नगरपालिका ५ स्थित रन्जितपुरमा शुक्रबार ट्रकको ठक्करबाट एक साइकल यात्रुको घटनण्स्थलमै मृत्यु भएको छ। 

पूर्वबाट पश्चिम जाँदै गरेको ना.८ ख २८१६ न. को ट्रकले ठक्कर दिँदा खडक न.पा. ५ खरचुहियाका ६०  वर्षीय माखन साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको जानकारीमा उल्लेख छ। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउदै गरेका खरचुहिया निवासी साहलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको हो।  मृतक साहको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। 

साइकललाई ठक्कर दिने ट्रकका चालक प्युठान छिन्ताङ्गका बमबहादुर पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

ट्रकको ठक्करबाट साहको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।