• १३ वैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता

blog

तस्बिर प्रधानमन्त्रीको ट्वीटरबाट

काठमाडौं, वैशाख १० गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सांसदहरुको टोलीले भेटवार्ता गरेकाे छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग नेपाल भ्रमणमा रहेका अमेरिकी पाँच सदस्यीय टोलीले भेटवार्ता गरेकाे हो ।

भेटमा नेपाल जलवायु परिवर्तनलगायत विश्वव्यापी मुद्दामाथि छलफल भएको प्रधानमन्त्री देउवाले ट्वीटमार्फत जानकारी दिनुभयो ।


त्यस्तै, नेपाल–अमेरिका मित्रता र सरकार, संसद र आम जनतालाई समावेश गरी बहुआयामिक साझेदारी अभिवृद्धि गर्ने उपायहरुबारे पनि छलफल भएको छ ।

संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणकाे लागि शुक्रबार साँझ काठमाडौं आइपुगेको हो ।

सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा रहेको टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) सामेल हुनुहुन्छ ।