• १३ साउन २०८१, आइतबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सर्‍यो

blog

काठमाडौं, वैशाख १० गते । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ ।

शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको समितिका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितुिरमा बस्ने भएको छ । शनिबार बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यसअघि शुक्रबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको थियो ।