• २९ वैशाख २०८१, शनिबार

दाङमा गाउँपालिका अध्यक्षसहित ६७ जनाको राजीनामा

blog

तुलसीपुर, वैशाख १० गते । दाङमा फेरि जनप्रतिनिधिमा दोहोरिनका लागि   गाउँपालिका अध्यक्षसहित ६७ जनाले राजीनामा दिएका छन्  । शुक्रबारसम्म  एक गाउपालिका अध्यक्ष एक उपाध्यक्ष, एक जिल्ला समन्वय समितिका सदस्य, ३२ वडाध्यक्ष, ३२ वडा सदस्यले राजीनामा बुझाएका हुन् ।

गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवले आइतबारदेखि लागू हुनेगरी शुक्रबार पालिकामा राजीनामा  बुझाउनुभएको हो । त्यसैगरी  राप्ती गाउपालिकाका उपाध्यक्ष जगदम्बा चौधरीले राजीनामा दिनुभएको छ । 

जिल्लाका  दश पालिकाका एक सय वडामध्ये ३२ वडाका वडाध्यक्षले फेरि दोहोरिन राजीनामा दिनुभएको छ  ।  गढवा गाउँपालिकाको वडा नम्बर  १ का अध्यक्ष बाबुराम अधिकारी, २ का तुलसिराम अधिकारी, ३ का भक्तु चौधरी, ४का गुलाम मोहम्मद, ६का बालचन्द्र हमाल, ७ का राहुल चौधरी, ८ का सद्धाम सिद्दिकीले राजीनामा बुझाउनुभएको छ । 

 त्यस्तै राप्ती गाउँपालिकामा वडा नम्बर ७ का वडाध्यक्ष विद्याशरण चौधरी, ५का अध्यक्ष गोबद्र्धन चौधरी, ६का वेदप्रसाद चौधरीले बुझाउनुभएको छ । 

तुलसीपुर उपमहानगरपालिकामा १० वटा वडाध्यक्ष राजीनामा बुझाउनुभएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार वडा नम्बर २ का अध्यक्ष  अध्यक्ष राजु आचार्य, ३ का  वीरबहादुर विक, ४ का बालकृष्ण राणा, ५ का वीरेन्द्रकुमार शाह, ९ का घनश्याम ढकाल, १० का कुमार लामिछाने, १५ का लक्ष्मण चौधरी, १६का भुपबहादुर केसी, १७ का थलराज पुरी र १८ का माधव वलीले राजीनामा बुझाउनभुएको हो । १५ जना वडा सदस्यले समेत राजीनामा दिनुभएको छ ।

त्यस्तै लमहीमा वडा नम्बर १ का अध्यक्ष नुमराज पौडेल, २ का नेपालु चौधरी, ३ का बाबुराम चौधरी, ४ का सुवास न्यौपाने, ६का गणेशमान चौधरी, ७ का मोहन गिरी, ८ का मेघनारायण चौधरी र ९ का भेषबहादुर केसीले राजीनामा दिनुभएको छ । 

बंगलाचुली गाउँपालिकामा वडा नम्बर ५ का अध्यक्ष यनुराज खत्री र घोराही उपमहानगरपालिकामा वडा नम्बर ४ का दुई र १७ का एक वडा सदस्यले राजीनामा दिनुभएको छ । 

दंगीशरण गाउँपालिकामा वडा नम्बर २ का अध्यक्ष तुलसीराम देवकोटा, ४ का अध्यक्ष नेबहादुर कंवरले राजीनामा दिनुभएको छ । शान्तिनगर गाउँपालिकामा वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीले राजीनामा दिनुभएको छ । बबई गाउँपालिकामा जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेतसहित तीन जना वडा सदस्यले राजीनामा दिनुभएको छ ।

जिल्लाका अन्य पालिकामा समेत जनप्रतिनिधि दोहोरिने भएपनि राजीनामा भने अझै आएको छैन । यसैबीच, नेकपा एमालेले शुक्रबार जिल्लाका दश वटै पालिकामा पालिकास्तरीय संकल्पपत्र सार्वजनिक गरेको छ ।