• १२ साउन २०८१, शनिबार

मिथिला चित्रकला प्रदर्शनी

blog

काठमाडौं, जेठ २ गते । लोककलाकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा सम्पन्न भएको छ ।  

कोपनहेगनको नेपाली भान्छाको ग्यालेरीमा वैशाख २९ र ३० गते चित्रकला प्रदर्शनी भएको थियो । डेनमार्कका लागि नेपाली राजदूत प्राडा रामस्वार्थ रायले सो प्रदर्शनीको शुभारम्भ गर्नुभएको थियो । नेपाली दुतावास डेनमार्क, एनआरएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा प्रदर्शनी आयोजना गरेको थियो ।

प्रदर्शनीमा कलाकार यादवका ३२ वटा मिथिला चित्रकला राखिएका थिए । मिथिला कलामा नेपालको समाज र संस्कृति झल्काइएको छ । यसअघि कलाकार यादवले कोपनहेगनमै बालबालिकालाई मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।