• १२ साउन २०८१, शनिबार

नइका चार कृति लोकार्पण

blog

काठमाडौँ, वैशाख ३१ गते । नइ प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण भएको छ । फाउन्डेसनले आइतबार एक समारोह आयोजना गरी काठमाडौँमा  शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०५ औँ जयन्ती समेत मनाएको छ । 

‘सुनिता कार्कीको काव्यकारिता, नरेन्द्रराज प्रसाईँको अर्जुन दृष्टि: ललितत्रिपुरसुन्दरी’, डा. अम्बिका अर्यालद्वारा लिखित ‘नारी अस्तित्व र इन्दिरा प्रसाईँका उपन्यास’ र अणुराज जोशीद्वारा सामु उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनूदित ‘आइएम् योर्स’ नामक कृति लोकार्पण भएको वानीरा फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।