• १० मंसिर २०८१, सोमबार

सत्यमोहनको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम : एकसाथ छ कृति विमोचन

blog

एकसाथ विभिन्न ६ वटा कृति विमोचन गर्नुहुँदै बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्य लगायत कृतिकार।

ललितपुर, वैशाख ३० गते। शताब्दीपुरुष सत्यमोहन जोशीको १०५ वर्षको जन्मजयन्तीको अवसरमा आयोजित साताव्यापी कार्यक्रम सम्पन्न भएको छ।

२४ गते पुस्तक प्रदर्शन, २५ गते पुरानो गुह्यश्वरीमा १०५ दीप प्रज्वलन, २६ गते सङ्ग्रहालय अवलोकन, २७ गते नामसंगीति पाठ, २८ गते सत्यमोहन लोकसाहित्य वाचन, २९ गते साइकल  र्‍याली र ३० गते कृति विमोचन गर्दै साताव्यापी कार्यक्रम सम्पन्न भएको हो। 

मल्ल के सुन्दर को ‘लुमन्ति किच’ : (संस्मरण सङ्ग्रह), विजय रत्न असंबरेको ‘संकिपाया न्हाय्कं’ अनुराज जोशीको ‘सत्यमोहन लुमन्ति’, धर्मकृष्ण चपलिछें श्रेष्ठको ‘थिमि स्यस्यः बिनां’, ईश्वरी मैया श्रेष्ठको ‘नेपालभाषा पद्यःया किचः’र कृष्णप्यारी चन्द्यो श्रेष्ठको ‘बोदेया नीलबाराही द्यःगं नकेगु परम्परा’ कृति बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले सार्वजनिक गर्नुभएको हो। 

उक्त अवसरमा नेपाल र चीन मोहडाबाट सगरमाथा आरोहण गर्न सफल पहिलो पत्रकार नेवार महिला कल्पना महर्जनलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरियो।

ललितपुर महानगर पालिकाको आयोजनामा सत्यमोहन जोशीको सय वर्षको जन्मदिन मनाएको दिन सगरमाथा आरोही कल्पना महर्जन सगरमाथाको शिखर ८,३०० मिटरमा पुगेको र त्यहाँ सत्यमोहन जोशीको तस्बिर अङ्कित झण्डा फहराउन सफल भएको आरोही महर्जनले बताउनुभयो।