• १२ साउन २०८१, शनिबार

तीन सर्जकलाई वानीरा पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २९ गते । वानीरा फाउन्डेसनले कला, साहित्य र समाज विकासका क्षेत्रमा योगदान पु¥याउने तीन व्यक्त्विलाई पुरस्कृत गरेको छ । मीनभवनस्थित फाउन्डेसनमा शुव्रmबार आयोजित वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा प्रा. पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिएको छ । सात दशकदेखि सिर्जनामा समर्पित प्रा. लोहनीलाई एक लाख रुपियाँ राशिको सो पुरस्कार प्रदान गरिएको हो । नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा छ दशकदेखि समर्पित मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपियाँको रहेको छ ।

कथा र कविताको सिर्जनामा योगदान पु-याएबापत अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ ।