• ७ जेठ २०८१, सोमबार

सुन तोलामा आठ सयले घट्यो

blog

काठमाडौँ,  वैशाख २७ गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु. एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ३५ हजार छ सय निर्धारण भएको छ । 

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु. एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । 

चाँदीको मूल्य तोलामा रु. १० ले वृद्धि भएको छ । बुधबार तोलामा रु. एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि रु. एक हजार छ सय ८५ निर्धारण भएको छ ।  रासस