• ६ जेठ २०८१, आइतबार

इन्द्रेणी रङ्ग हाइकु सङ्ग्रह विमोचन

blog

अधिकारी बिमलाको इन्द्रेणी रङ्गको बिमोचन गरिँदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, वैशाख २५ गते । स्रष्टा अधिकारी विमलाको इन्द्रेणी रङ्ग शीर्षकको हाइकु सङ्ग्रह विमोचन गरिएको छ । फिदिममा आयोजित एक कार्यक्रममा उहाँको हाइकु सङ्ग्रह विमोचन गरिएको हो ।

कोर्काली अध्ययन केन्द्र, काव्य घर नेपाल र नौलो साहित्यिक बिहान समाजले आयोजना गरेको विमोचन कार्यक्रममा अधिकारीको बाल बगैँचा शीर्षकको कविता सङ्ग्रहको पनि विमर्श गरिएको थियो । उहाँको ५८ औँ जन्मोत्सवको अवसर समेत पारेर आयोजना गरिएको विमोचन कार्यक्रममा हाइकु सङ्ग्रह माथि स्रष्टा चन्द्र एम वि अविरल र बाल बगैँचा कविता सङ्ग्रह उपर स्रष्टा राधा स्मृतिले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा कविता प्रतियोगिता र रचना वाचन समेत भएको आयोजक नौलो साहित्यिक बिहानका खड्ग बोहोराले जानकारी दिनुभयो ।