• १२ मंसिर २०८१, बुधबार

पूर्वे मसला उद्योगको गोदाममा आगलागी हुँदा लाखौंको क्षति

blog

आगलागीका नष्ट भएका सामग्री । तस्बिर : बिष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, वैशाख २१ गते
। झापाको दमक नगरपालिका वडा नं. ६ भगवान टोलका व्यवसायी राजीव पूर्वेको घर तथा गोदाममा शुक्रबार बिहान आगलागी भएको छ । नयाँ तरकारी  बजार नजिक बाक्लो बस्ती भएको ठाउँमा आगलागी भएको हो ।

विद्युत् सर्ट भई आगलागी हुदाँ पूर्वे मसला उद्योगको गोदाममा राखिएका विभिन्न किसिमका मसला तथा तेलहनका कच्चा समानहरु जलेर नष्ट भएको छ । पूर्वेका अनुसार अलैंची, सुकमेल, मरिच, जिरालगायतका महगा सामग्री पूर्णरुपमा जलेर र आगो निभाउँदा भिजेर नष्ट भएको छ ।

दमक नगरपालिका र उर्लाबारी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको पूर्वेले जनाउनुभएको छ । ५० लाखभन्दा बढिको क्षति पुगेको प्रारम्भिक रुपमा देखिएको उहाँले जनाउनुभयो ।

न्यून भोल्टेज र उच्च भोल्टेजका कारण यस प्रकारका समस्या आएकाले यस विषयमा विद्युत प्राधिकरण गम्भीर हुनुपर्ने नेपाल उद्योग तथा व्यवसायी महासङ्घ दमक नगर कमिटी अध्यक्ष रमेश लुइँटेलले बताउनुभयो । भोल्टेजका कारण व्यवसायीहरुले धेरै नोक्सानी बेहाेर्नुपरिरहेको उहाँको भनाइ छ ।