• ४ जेठ २०८१, शुक्रबार

गर्मी छल्न नहरमा पौडी खेल्दै बालबालिका (फोटो फिचर)

blog

गर्मी छल्न नहरमा पौडी खेल्दै बालबालिका । तस्बिर: विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, वैशाख २० गते । तराइ मधेशमा पानी पर्न नसकेपछि उखरमाउलो गर्मी छ । गर्मी छल्न ग्रामीण क्षेत्रका बालबालिका नहरमा पौडी खेलेर दिन बिताउँछन् । धनुषाको सबैला नगरपालिका रघुनाथपुरस्थित कमला सिँचाइ नहरमा दिनहुँ बालबालिका नुहाउन आउनुहुन्छ । उहाँहरू नहरको पानीमै खेलेर दिन बिताउनुहुन्छ । पानी त्यति सफा नभए पनि उहाँहरू रमाइलो मान्दै पौडी रहेका हुन्छन् । 

स्थानीय बालक अमन यादवले भन्नुभयो, “अहिले बिहानी पढाइ छ । त्यसपछि घरमा त्यसै बस्यो भने गर्मीले सताउँछ, त्यही भएर नहरमा नुहाउन आउँछौँ । नहरमा पौडी खेल्दा गर्मीबाट राहत पुग्छ ।”

पाैडी खेल्न कतिपय बालबालिकाबिच प्रतिस्पर्धा नै चल्छ । नहरमा धेरै पानी नभएकाले कुनै जोखिम नभएको उहाँहरूको भनाइ छ । तराई मधेशका जिल्लामा गर्मी छल्न ग्रामीण क्षेत्रका बालबालिका यसरी नै नहर र पोखरीको पानीमा नुहाउने गर्नुहुन्छ । 

यस क्षेत्रमा ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेको छ । अत्यधिक तापक्रम बढेका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । चर्को गर्मीका कारण बजार क्षेत्रमा मानिसको चहलपहल कम भएको छ भने खुला आकाशमा काम गर्ने मजदुर बढी प्रभावित भएका छन् । 

यस्तै, बढ्दो तापक्रम र तातो हावाका कारण खटिरा आउने, शरीर चिलाउने, टाउको दुख्ने, रिङटा लाग्न, ज्वरो आउनेलगायत स्वास्थ्यका समस्या देखिन थालेका छन् । बढ्दो गर्मीसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ । 

यसै गरी, गर्मी बढेकाले बालीनाली सुक्न थालेका छन् । कतिपय चापाकललगायत पानीका स्रोत सुक्न थालेका छन् । 


गर्मी छल्न नहरमा पौडी खेल्दै बालबालिका (फोटो फिचर) गर्मी छल्न नहरमा पौडी खेल्दै बालबालिका (फोटो फिचर) गर्मी छल्न नहरमा पौडी खेल्दै बालबालिका (फोटो फिचर) गर्मी छल्न नहरमा पौडी खेल्दै बालबालिका (फोटो फिचर)