• ३० वैशाख २०८१, आइतबार

इलाममा कांग्रेसको अग्रता कायमै : एमाले ८३ मतले पछाडि

blog

कोकिला ढकाल

इलाम, वैशाख १६ गते।  इलाम-२ को प्रारम्भिक मत परिणाममा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । 

प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले अग्रता लिनुभएको हो। उहाँले ११ सय ५५ मत ल्याउनुभएको छ। एमालेका सुहाङ नेम्वाङले एकहजार ७२ मत पाउनुभएको छ । 

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम हुनुहुन्छ । उहाँले ३१३ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङले २११ मत पाउँदा राप्रपाका लक्ष्मी गुरुङले ६ मत पाउनुभएको छ।