• ३१ वैशाख २०८१, सोमबार

बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

blog

शैलेन्द्रकुमार रोकाया

बझाङ, वैशाख १६ गते। बझाङमा १ (क)मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)ले अग्रतालाई कायमै राखेको छ।  नेकपा (एमाले)का दमन भण्डारीले अग्रता कायमै राख्नुभएको हो।

एमालेका भण्डारीले १२ सय ६२ मत ल्याउनुभएको छ भने कांग्रेसका अभिषेक सिंहले ६३६ मत पाउनुभएको छ।  

नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ३५२ मत ल्याउनुभएको छ भने समाजवादी पार्टीका दिलबहादुर सिंहले ३१६ मत पाउनुभएको छ।  

अहिले एमालेका उम्मेदवार दमन भण्डारीको वडासहित तीन वडाको मतगणना सम्पन्न भएको हो।