• ३१ वैशाख २०८१, सोमबार

इलाम उपनिर्वाचनः फाकफोकथुम १ र २ को मतगणना सम्पन्न

blog

फिक्कल (इलाम), वैशाख १६ गते । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ ।

फाकफोकथुम गाउँपालिका–१ र २ को दुई हजार आठ सय ३६ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत प्राप्त गर्नुभएको छ ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।

उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । रासस