• १९ असार २०८१, बुधबार

गृहमन्त्री खाणसँग दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकको शिष्टाचार भेट

blog

काठमाडौं, वैशाख ६ गते । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुई देशबीचको आपसीसम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।

भेटमा गृहमन्त्री खाणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उच्च शिक्षा अध्ययन गर्न सानो सङ्ख्यामा भए पनि नेपाली विद्याथीहरू कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीहरूलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीलाई धन्यवाद दिनुभयो ।

त्यस्तै, पछिल्लो समय नेपालको विविधतायुक्त सस्कृत्ति तथा भूगोलको अवलोकन गर्न कोरियन पर्यटक नेपाल आउने गरेको गृहमन्त्री खाणले बताउनुभयो । त्यस्तै, भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठूलो विकासको प्रशंसा गर्दै गृहमन्त्री खाणले कोरियन गाडी, मेसिनहरू र मोवाइललगायतका कोरियन प्रविधियुक्त सामानहरू नेपालले आयात गरेर उपभोग गरिरहेको बताउनुभयो ।
उहाँले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहको बताउनुभयो ।

भेटमा दक्षिण कोरियाका राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको एपीएस अब सुचारु हुने चरणमा रहेको जानकारी गराउनुभयो । त्यस्तै, कोभिडकै कारण कोरियन पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा कोरियन पर्यटक नेपाल आउने सम्भावना बढेको राजदूत चोङ–सुकले बताउनुभयो ।

अब वर्षमा करिब ३० हजार कोरियन पर्यटक नेपाल आउने आकलन राजदूतावासले गरेको उहाँको भनाइ थियो ।