• १९ असार २०८१, बुधबार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

blog

फोटो फाइल

काठमाडौं, वैशाख ६ गते । पाँचदलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचन तयारी, चुनावी तालमेललगायतका विषयमा गठबन्धनबीच भएको सहमतिलाई अन्तिम रुप दिने दिइने भनिएको छ ।

मङ्गलबारको बैठक दिउँसो २ बजे बस्ने भनिएपनि केही समय ढिला गरी सुरु भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

स्थानीय चुनावका विषयमा गठबन्धनका शीर्ष नेताबीच सोमबार नै छ महानगरपालिका र ११ उपमहानगरपालिकाबारे टुङ्गो लगाइने बताएपनि बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

त्यसपछि मङ्गलबार बिहान साढे ११ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको कार्यव्यवस्तताका कारण दिउँसो २ बजे सारिएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत गठबन्धनका शीर्षनेता सहभागी हुँदै आउनुभएको छ ।