• १९ असार २०८१, बुधबार

निलम्बित गभर्नर अधिकारीको रिटमाथि सुनुवाइ हुँदै

blog

काठमाडौं, वैशाख ६ गते । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दिनुभएको रिटमा मङ्गलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

अधिकारीले सर्वोच्चमा दायर गर्नुभएको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

गत चैत २४ गत बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरविरुद्ध सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो ।

अधिकारीले सोमबार सर्वोच्चमा दर्ता गर्नुभएको रिटमा निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई रिट दर्ता गर्नुभएको थियो ।