• १२ साउन २०८१, शनिबार

गठबन्धनबाट संविधानसभा सदस्य इस्तियाक अहमद खान सिद्धार्थनगरको मेयरमा उठ्ने

blog

इस्तियाक अहमद खान

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख ६ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख मा नेपाली कांग्रेसले संविधानसभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ । 

उहाँको नाम सिफारिस गरेको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले गोरखापत्रलाई जानकारी दिनुभयो ।

खानले निर्वाचन जित्ने आधार भएकाले टिकट दिइएको काँग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिषबहादुर खड्काले बताउनुभयो  ।

उम्मेदवार खान केही वर्ष अघिसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा हुनुहुन्थ्यो । सिद्धार्थनगरमा उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको खाणले बताउनुभयो ।

यसअघि सिद्धार्थनगरमा एमालेले मेयर पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस भैसकेको छ । 

यता, राप्रपाले भने पूर्वमेयर सागरप्रताप राणाको नाम लगभग फाइनल गरिसके पनि घोषणा गरेको छैन ।