• १३ साउन २०८१, आइतबार

गठबन्धनमा नजान नेतृत्वलाई दबाब

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, वैशाख ६ गते ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा नेपाली काँग्रेसको वडा सभापतिहरूले जिल्ला नेतृत्वलाई स्थानीय तह निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन नगर्न दबाब दिएका छन् ।

पालिकाका सातवटै वडाका सभापतिको संयुक्त बैठकले गठबन्धनमा नजाने र एक्लै निर्वाचनमा जाने निर्णय गरेको वडा नं. १ का वडा सभापति रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनकोसी गाउँपालिकामा काँग्रेस गठबन्धनबिना नै बलियो रहेकाले हामीले गठबन्धनमा जाने निर्णय स्वीकार नगरेका हौँ ।”

वडा सभापतिहरूको संयुक्त बैठकले गरेको निर्णय काँग्रेसको पालिका कार्यसमिति, प्रदेश, जिल्ला कार्यसमिति सबैलाई जानकारी गराइसकेको उहाँले बताउनुभयो । कुनै पार्टीसँग गठबन्धन नगरी सुनकोसी गाउँपालिकामा काँग्रेसको वडा र पालिकामा एकल आफ्नै उम्मेदवार हुने पनि उहाँले सुनाउनुभयो । वडा नं. ५ का सभापति अर्जुनविक्रम थापाको अध्यक्षतामा पालिकाका सातवटै वडाका सभापतिहरूको संयुक्त बैठकले गठबन्धन आवश्यक नरहेको ठहर गरेको छ । सुनकोसी गाउ“पालिकामा काँग्रेस र माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा रहेकाले गठबन्धनको जरुरी नभएको वडा सभापतिहरूको ठहर छ । 

उक्त पालिकामा गत स्थानीय तहको निर्वाचनमा माओवादी (केन्द्र)का दीपा बोहोरा दाहाल काँग्रेसका कपिल कोइरालास“ग झिनो मत अन्तरले पालिका अध्यक्षमा विजयी बन्नुभएको थियो । दाहालले तीन हजार ४३३ मत पाउ“दा काँग्रेसका कोइरालाले तीन हजार २१२ मत ल्याउनु भएको थियो । नेकपा एमालेका कौशल कोइरालाले दुई हजार ६२३ मत प्राप्त गर्नुभएको थियो ।

माओवादी केन्द्रले सुनकोसी गाउँपालिकामा स्थानीय सरकार चलाउ“दा ज्यादती गरेको र त्यसको विरुद्धमा आम मतदाता रहेकाले गठबन्धन आवश्यक नभएको काँग्रेसको बुझाइ छ । पालिका भागबन्डाकै लागि पाँच दलीय गठबन्धनको जिल्ला संयन्त्रले सोमबारदेखि छलफल सुरु 

गरेका छन् ।