• २३ असार २०८१, आइतबार

घर मतान जलेर नष्ट

blog

तस्बिर : सामाजिक सञ्जालबाट

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–३ मा स्थानीय बाबुराम गुरागाईं र भगीरथ गुरागाईंको घर मतान थलेर नष्ट भएको छ । सोमबार दिउँसो भएको आगलागीबाट गुरागाईं परिवारको घर र मतान थलेर नष्ट भएको हो ।

स्थानीय शिक्षक हरिप्रसाद घिमिरेले आगलागीबाट गुरागाईं परिवारको घरभित्र भएको अन्नपात, भाँडावर्तन र लत्ताकपडालगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जानकारी दिनुभयो । घरमा कोहीँ नभएको समयमा आगलागी भएकाले घरभित्र र मतानमा रहेका केहीँ पनि सामग्री निकाल्न नपाइएको घिमिरेको भनाइ छ ।

यता, आगलागीको कारण खुलेको छैन भने के–कति क्षति भयो भन्ने विवरण पनि आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर मतान नजिक पशुचौपाया राख्ने ग्वाली रहेकाले आगलागीमा केहीँ पशुचौपाया मरेको हुनसक्ने बताइएको छ ।