• २१ वैशाख २०८१, शुक्रबार

माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ८ गते । गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका( ६, खैरेनीका कमलदिन मियाँका १४ वर्षीय छोरा युवराजदिन मियाँको बडिगाड खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रवार साँझ करिब ६:०० बजेको समयमा युवराजदिन मियाँ बल्छीबाट माछा मार्न भनी बडिगाड खोलामा गएका थिए । साँझ ८:०० बजेसम्म घर नआएपछि छर छिमेकी मिलेर खोजतलास गर्ने क्रममा खोलाको किनारमा तैरिएको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

राति करिब १०:०० बजेको समयमा नै घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जोहाङका प्रहरी नायब निरीक्षक ज्ञान बहादुर खत्रीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धानसँगै मुचुल्काको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमान्डमा प्रहरी पुगेको बताइएको छ । शवलाई पोस्टमार्टमका लागि तम्घास अस्पतालमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।