• २० वैशाख २०८१, बिहिबार

बस दुर्घटना १० घाइते, १ को अवस्था गम्भीर

blog

दुर्घटना भएको बस ।

गणेश खनाल

अर्घाखाँची, वैशाख ६ गते। अर्घाखाँची जिल्लाको शितगगा नगरपालिकाको कोप्चिबासमा बस दुर्घटना भएको छ। दाङ जाँदै आएको रा १ ख  १५०५ नम्बर बस शितगगा नगरपालिका वाड न ४ कोप्चिबास भन्ने स्थान दुर्घटना भएको हो। 

दुर्घटना हुँदा बसमा सवार मध्ये १० जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  

घाइते सबैको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इप्रका ठाडाका प्रहरी नायक निरीक्षक डम्बर बुढाथोकीले जानकारी दिनुभयो। थप अनुसन्धान भइरहेको जनाइएको छ।