• १२ पुस २०८१, शुक्रबार

वैशाख ६ र ७ गते भिटामिन 'ए' र जुकाको औषधि देशभर खुवाइने

blog

काठमाडौँ, वैशाख ५ गते । सरकारले यही वैशाख ६ र ७ गते भिटामिन 'ए'  र जुकाको औषधि खुवाउने भएको छ ।  

छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तरगत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।

सरकारले फागुन र चैतमा हात्तिपाइले रोग निवारण कार्यक्रम संचालन भएका जिल्लाहरुमा दु वर्ष माथिका बालबालिकाहरुले जुकाको औषधि खाएको हुनसक्ने भएकाले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाउन निर्देशन दिएको छ ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन 'ए' र २०५८ सालदेखि  जुकाको औषधि वर्षमा दुई पटक बालबालिकालाई खुवाउने गरिएको छ ।